M

सेटिङ्ग

<सङ्केत>सेटिङ्ग ट्याब तपाईंको व्यापारका आवश्यकताहरूसँग मिल्ने प्रकारले म्यानेजरलाई कन्फिगर गर्नका लागि तपाईँको नियन्त्रण केन्द्र हो।

यहाँ तपाईंले Manager कसरी काम गर्ने भनेर आफै बनाउनुहोस, आधारभूत प्राथमिकताहरू देखि लिएर उन्नत सुविधाहरू सम्म।

सेटिङ्गले तपाईंको सम्पूर्ण व्यापार फाइलमा असर पुर्याउँछ र कार्यक्रमभर के कस्ता सुविधाहरू र विकल्पहरू उपलब्ध छन् भनेर निर्धारण गर्दछ।

ढाँचा बुझ्नुस्

सेटिङ्ग

<सङ्केत>सेटिङ्ग स्क्रिनले तपाईँलाई सुविधाहरू व्यवस्थापन गर्न मद्दत गर्नका लागि सहज दुइ-भाग ढाँचा प्रयोग गर्दछ:

उपरी खण्डले हालको सेटिङ्ग र सुविधाहरू देखाउँछ जुन तपाइँले प्रयोग गर्दै हुनुहुन्छ, जसले तिनीहरूलाई पहुँच गर्न र परिवर्तन गर्न सजिलो बनाउँछ।

तलको खण्डमा उपलब्ध विशेषताहरु देखाइन्छ जुन तपाईंले अझै सक्रिय गर्नु भएको छैन।

कुनै नयाँ विशेषता प्रयोग गर्न सुरु गर्न, बस यसलाई तल्लो खण्डमा क्लिक गर्नुहोस्। जटिल सेटअप आवाश्यक छैन।

जब तपाईं सुविधाहरू सक्रिय गर्नुहुन्छ, तिनीहरू स्वचालित रूपमा सजिलो व्यवस्थापनको लागि माथिल्लो क्षेत्रमा सर्छन्।

विशेषता श्रेणिहरू

<सङ्केत> सेटिङ्ग ट्याबले सुविधाहरूलाई तार्किक वर्गहरूमा व्यवस्थित गर्दछ:

डिफल्ट सेटिङ्ग

नयाँ व्यवसायहरू तीन आवश्यक सेटिङ्गहरू सकृयका साथमा सुरु हुन्छन्:

• <सङ्केत>ब्यावसाय विवरण - तपाईंको कम्पनीको नाम, ठेगाना, र सम्पर्क जानकारी जो कागजातहरूमा देखिन्छ।

खाता तालिका - तपाईँको आय, खर्च, सम्पत्ति, र दायित्वहरूलाई व्यवस्थित गर्ने वित्तीय संरचना

• <सङ्केत>मिति र संख्या ढाँचा - तपाईँको स्थानका आधारमा Manager मा मितिहरू र संख्याहरू कसरी प्रदर्शन हुन्छ।

यी कोर सेटिङ्गहरूले तपाईंको लेखाबही प्रणालीको आधार प्रदान गर्छन्।